onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सरस्वतीलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा

काठमाडौं ( अनलाइन खेलखबर ) । मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अंकतालिकाको पुछारको सरस्वती युथ क्लबमाथि सानदार जित निकाल्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

बिहिबार सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा मछिन्द्रले सरस्वतीलाई ६-१ ले पराजित गर्दै मछिन्द्र शीर्षस्थानमा उक्लिएको हो ।
खेलमा मछिन्द्रले खेलको ४० औं मिनेटमा अग्रता कायम गरेको थियो टिमलाई सुरुवाती अग्रता दिलाउँने क्रममा देवेन्द्र तामाङले पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको खेलमा दोस्रो हाफमा भने गोलकै वर्षा हुन पुगेको थियो ।

जसमा ५४ औं मिनेटमा मछिन्द्रले दोस्रो गोल गर्यो दोस्रो गोल दिपक राईले गरेका थिए । दोस्रो गोलपछी ५९ औं मिनेटमा विशाल राई ए ले तेस्रो गोल गर्दा मछिन्द्रका दिपक राईले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल ७७ औं मिनेटमा गर्न सफल भएका थिए ।

त्यसपछी मछिन्द्र त्यतिमा चित्त बुझाएन अन्तिम समयमा मछिन्द्रले दुई गोल थप्यो जसमा सोमिदे र अन्देसले गरेका थिए भने खेलको ८७ औं मिनेटमा सरस्वतीका कान्जिमले सान्त्वना गोल फर्काएका थिए ।

जितसँगै मछिन्द्र ११ खेलबाट २५ अंक जोडेको छ जसलाई आर्मीले २३ अंकका साथ पछ्याईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्