onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बराबरीमा रोकिए ब्राजिल र स्वीट्जरल्यान्ड : ब्राजिल को प्रदंसन औषत

४ असार, काठमाडौं । रसिया मा जारी फिफा बिश्वकप फुटबल अन्तर्गत हिजो राती भएको खेलमा ब्राजील र स्विट्जरल्याण्ड बराबरी मा रोकिएका छ्न ।


फुटबल को बादशाह भनेर चिनिने तथा ५ पटक को बिश्व बिजेता ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । रसिया बिश्वकप को उपाधि दाबेदार टोलि मध्यको एक मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।

बिश्वकप को पहिलो खेलमा ब्राजिलले सुरुवाति अग्रता लिएको थियो । २० औं मिनेटमा ब्राजिल् का फिलिप काउटिन्होले गोल गरेका थिए । र पहिलो हाफ सम्म १-० को अग्रता कायम गरेको भए पनि दोस्रो हाफको ५० औं मिनेटमा स्टीभन जुवेरले स्विटजर ल्यान्ड का लागि बराबरी गोल गरे । र पछि कुनै टिम बाट गोल हुन सकेन र खेल बराबरी मा रोकिएको थियो ।


यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्णविराम लगाएको छ । समूह ” ई”मा रहेको दुबै टोलीले अब सर्विया र कोष्टारिकासँग खेल्न बाँकी छ ।

यस्तै आज सोमबार पहिलो खेल मा स्विडेन ले दक्षिण कोरिया सगँ खेल्नेछ जुन खेल पौने छ बजे देखि सुरु हुनेछ । यस्तै दोस्रो खेल पौने नौ बजे बेलजियम र पानामा बिच हुनेछ् भने अन्तिम मा पौने १२ बजे ईङ्ल्यान्ड ले ट्युनिसिया सगँ खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्