रोनाल्डोले दुई पेनाल्टीलाई सदुपयोग गर्दा युभेन्ट्सको अर्को सहज जित

रोनाल्डोले दुई पेनाल्टीलाई सदुपयोग गर्दा युभेन्ट्सको अर्को सहज जित

एजेन्सी ।क्रिस्टियानो रोनाल्डोको २ गोलको मद्दतमा साविकको विजेता समेत रहेको युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा फियोरेन्टिनामाथि सहज जित हासिल गरेको छ ।

आइतबार युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा घरेलु टिमले फियोरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

टिमलाई जिताउँन क्रिस्टियानो रोनाल्डो २ गोल तथा मैथिज्स डी लिग्टले १ गोल गरेका थिए ।

खेलमा युभेन्ट्सले खेलको ४० औं मिनेटमा अग्रता कायम गरेको थियो । टिमलाई अग्रता दिलाउँने क्रममा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको युभेन्ट्सले ८० औं मिनेटमा दोस्रो गोल गर्यो । दोस्रो गोल पनि रोनाल्डो पेनाल्टीमार्फत नै गरेका थिए ।

त्यसपछि खेलको अन्तिम समयतिर मैथिज्स डी लिग्टले टिमका लागि तेस्रो गोल गर्दै युभेन्ट्सलाई ३-० को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्स २२ खेलबाट ५४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमै यथावत रहेको छ ।

यता युभेन्ट्ससँग पराजित हुन पुगेको फियोरेन्टिना समान २२ खेलबाट २५ अंकसहित अंकतालिको १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *