onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अनिताको टोली सेथु आईलिगको शीर्ष स्थानमा

एजेन्सी – नेपालकी फुटबलर अनिता बस्नेतआवद्द सेथु एफसीले इन्डियन वुमन्स लिग (आईलिग) मा तेस्रो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

साविकको विजेता समेत रहेको सेथुले आईतबार समूह ‘ए ’ को आफ्नो चौथो खेलमा किक स्टार कर्नाटकलाई ३–० ले पराजित गर्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको हो । समूह चरणमा चार खेल खेलेको सेथुले ३ मा जित र १ खेल गुमाएको छ ।

लिगमा तेस्रो जित हासिल गरेको सेथुले खेलमा पहिलो हाफमा २ र दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

खेलको १२औं मिनेटमा सेथुका लागि पहिलो गोल गर्दै सन्धाले अग्रता दिलाएकी थिइन् । त्यसपछी खेलको ३९ औँ मिनेटमा सेथुले दोस्रो गोल थप्यो | दोस्रो गोल सुमित्राले गरेकी थिइन् ।

पहिलो हाफमा २-० ले अगाडी रहेको सेथुले खेलको अन्तिम समयमा थप एक गोल गर्दै समग्रमा ३-० ले खेल जित्न सफल भयो तेस्रो गोल पनि सुमित्रालेनै गरेकी थिइन् ।

यता नेपालकी स्टार फुटबलर सावित्रा भण्डारीको टिम गोकुलम केरला एफसी पनि अर्को समूहको शीर्ष स्थानमा रहेको छ । अपराजित रहेको केरला;ले लगातार ३ खेलमा जित निकाल्दै ९ अंक जोडेको छ । जसमा सावित्राले लिगमा हालसम्म ११ गोलसहित लिगको सर्वाधिक धेरै गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा रहेकी छिन् ।

लिगमा समूहका शिर्ष २ टोलीले अन्तिम ४ मा स्थान बनाउनेछन्। सेमिफाइनल खेल १० फेब्रुअरीमा हुनेछ भने लिगको फाइनल फेब्रुअरी १४ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्