एपीएफलाई पराजित गर्दै मछिन्द्र शीर्षस्थानमा

एपीएफलाई पराजित गर्दै मछिन्द्र शीर्षस्थानमा

काठमाडौं (अनलाइन खेलखबर ) । विभागीय टोली एपीएफलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले विभागीय टिम एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेपछि लिगको शीर्ष स्थानमा उक्लिएको हो

खेलको ४३ औं मिनेटमा एपीएफका रमेश डंगोलले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछी परेको मछिन्द्रले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

जसमा खेलको ४८ औं मिनेटमा मछिन्द्रका विशाल राई बी ले टिमका लागि बराबरी गोल फर्किएका थिए त्यसपछी खेलको ७९ औं मिनेटमा रंजित धिमालले मछिन्द्रका लागि दोस्रो गोल गरे ।

मछिन्द्रले अहिले १० खेलबाट २२ अंकसहित अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । भने एपीएफ ५ अंकका साथ पुछारदेखि दोस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *