onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रेडनले उचाल्यो नेपकम्स अन्तर कलेज फुटसलको उपाधि

काठमाडौं (अनलाइन खेलखबर ) । राजधानीमा सम्पन्न ‘नेपकम्स इन्टरकलेज फुटसल प्रतियोगिता’को उपाधि रेडन कलेजले उचालेको छ ।

प्लान अन परफेक्सनको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा रेडनले विनायक सिद्ध कलेजलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

बिहिबार बालुवाटारस्थित ढुकु फुटसल हवमा भएको फाइनल खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि विजेताको टुंगो पेनाल्टीमार्फत भएको थियो ।

पेनाल्टी सुटआउटमा रेडनले दुई गोल गर्दा विनायक सिद्धले एकमात्र गोल गरेको थियो ।

विजेता रेडनले नगद ५० हजार प्राप्त गर्दा उप – विजेता विनायक सिद्धले २० हजार र तेस्रोस्थान हासिल गरेको न्यु मिलिनियमले नगद १० हजार प्राप्त गरेको थियो ।

प्रतियागियताको उत्कृष्ट खेलाडी न्यु मिनिनियममा अनिल खड्का घोषित हुँदा रेडनका आशिस दंगाल उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्