onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दुई पटक को बिश्व बिजेता उरुग्बे सगँ मोहम्मद सलाह को टिम ईजिप्ट ले आज सामना गर्दै : तुलनात्मक रुपमा ईजिप्ट कमजोर

असार १ , अनलाईन खेलखबर || बिहिवार बाट रसिया मा सुरु भएको फुटबल को महाकुम्भमेला विश्वकपमा आज शुक्रबार ३ खेल हुदैछ्न । जस मा पहिलो खेल समुह ए का दुई टोलीहरु इजिप्ट र उरुग्वे बीच नेपालि समय अनुसार पौने ६ बजेबाट सुरु हुनेछ ।

२ पटक को बिश्व बिजेता उरुग्बे सगँ अफ्रिकी मुलुक इजिप्ट ले आज सामना गर्दैछ । तुलनात्मक रुपमा अहिले राम्रो लय मा देखिएको ईजिप्ट उरुग्बे सामु भने पक्कै कमजोर देखिन्छ । बिश्वकप मा कम अनुभवी टोलि ईजिप्ट का लागि यहि कुरा पक्कै खडकिने छ ।

फिफा बरियता क्रमलाई नियाल्दा पनि ईजिप्ट र उरुग्बे को ठूलो अन्तर छ । ईजिप्ट ४५ औं स्थान छ भने उरुग्बे १४ स्थान मा रहेको छ ।

नेपाल मा पनि इजिप्टका मोहम्मद सलाह को चर्चा चासो राम्रै रहेको सन्द्र्भ मा ईजिप्ट का सलाह माथी नै ईजिप्ट पूरा मात्रा मा निर्भर देखिन्छ । उनकै महत्त्वपूर्ण योगदान कै बाबुजित ईजिप्ट ले रसिया बिश्वकप को टिकट काटेको थियो । चर्चित ईङ्लिश क्लब लिभरपुलका स्ट्राइकर सलाह अहिले काँधको चोटको सामना गरिरहेको कारण उनले आजको खेलमा खेल्छ्न या खेल्दैनन त्यो अहिले सम्म निश्चित भइसकेको छैन । अहिले सलाह यस्ता खेलाडी का रुपमा आईरहेका छ्न उनि एक्लै कुनै पनि ठुलो टोलीलाई स्तब बनाउन सक्ने क्षमता उनी मा छ र त चर्चित छ्न ।

ईजिप्ट अफ्रिकाबाट युगाण्डा, घाना र कंगोसहितको टोलीबाट पहिलो भएर विश्वकपका लागि छानिएको हो । पछिल्लो छ खेलमा कुनै पनि जित हासिल गर्न नसकेको भए पनि यो टोलीको पोर्चुगलसँगको २–१ गोल अन्तरको जित र कोलम्बियासँगको बराबरी जित निकालेको हुँदा पनि ईजिप्ट को मनोबल उच्छ रहेको छ ।

यता उरुग्बे टोलीले सन् १९५० मा उपाधि जितेयता यो उपाधि जित्न सकेको भने छैन ।पछिल्लो ठूलो उपलब्धि सन् २०१० मा सेमिफाइनल सम्म को यात्रा नै हो । प्राबिधिक कुरा देखि हरेक मा अहिले उरुग्बे नै ईजिप्ट माथी हाबी हुने देखिए पनि सलाह को त्यो जादु यहाँ पनि देख्न पाईयो भने खेल जे नि हुन सक्छ त्यो क्षमता उनि मा छ ।

एडिसो र लुइस स्वारेजको जोडी उरुग्बे का लागि निकै महत्वपूर्ण खेलाडीहरु हुन् । साथै उरुग्बे समूह मा पनि बलियो टिमको रुपमा हेरिएको छ । अर्को कुरा उरुग्बे अहिले सम्म बिश्वकप मा अफ़्रिकि मुलुक सगँ पराजित भएको पनि छैन ।

यस्तै आज नै हुने अन्य दुई खेल

मोरक्को र ईरान ( समय ८:४५ नेपाली समय )

पोर्चुगल र स्पेन ( ११:४५ नेपाली समय )

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *