सावित्रा एक्लैले ५ गोल गरेपछी केरलाको लगातार दोस्रो जित
एजेन्सी । नेपालकी स्टार महिला फुटबलर सावित्रा भण्डारी एक्लैले ५ गोल गरेपछि इन्डियन वुमन्स लिग (आईलिग) मा गोकुलम केरलाले लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार बैंगलुरु स्टेडियममा भएको खेलमा केरलाले सानदार जित हासिल गर्ने क्रममा केन्क्रे एफसीलाई १०–१ को फराकिलो अन्तरले पराजित गरेको छ।
एकप्रक्षिय बनेको खेलमा नेपालकी सावित्राले पहिलो हाफ भित्र ह्याट्रिक गरेकी थिइन् । उनले खेलको सातौं , १९ औं र पहिलो हाफको ईन्जुरी समयमा तेस्रो गोल गरेकी थिईन ।
त्यसपछि दोस्रो हाफमा सावित्राले थप २ गोल सफल भईन । जसमा उनले खेलको ४८ र ६१ औं मिनेटमा गरेकी थिइन् ।
साम्बा खेलकाे प्लेयर अफ द म्याचसमेत बनेकी छिन्।
यसअघि केरलाले लिगको पहिलो खेलमा श्रीभूमिलाई १–० ले पराजित गर्न सफल भएको थियो । केरलाका लागि उक्त गोल पनि सावित्राले नै गरेकी थिइन् ।