onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

थ्री स्टारमाथि सहज जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा उक्लियो

काठमाडौं ( अनलाइन खेलखबर )। थ्री स्टार क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

खेलमा मछिन्द्रले खेलको ३८ औं मिनेटमा अग्रता बनाएको थियो । सब्सिच्युड खेलाडी रेजिन सुब्बाले मछिन्द्रलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछाडी परेको थ्री स्टारले दोस्रो हाफमा खेलमा फर्किन खोजेको भएपनि सफल भने हुन सकेन मात्र खेलको अन्तिममा सम्हालिन नसक्दा टिमले खेलको ९० औं मिनेटमा दोस्रो गोल खायो ।

मछिन्द्रका विशाल राई ‘बी´ ले उक्त गोल गर्दै टिमलाई सहज जित दिलाए ।

योजितसँगै मछिन्द्र ९ खेलबाट १९ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । जसलाई त्रिभुवन आर्मीले पछ्याईरहेको छ उसको ८ खेलबाट १७ अंक रहेको छ ।

यता मछिन्द्रसँग पराजित भएको थ्री स्टार १४ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्