onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बिश्वकप उद्घाटन खेल मा आयोजक रसिया को साउदी माथी सानदार जित

जेठ ३१ , अनलाईन खेलखबर || रसिया मा आज देखि सुरु भएको २१ औं बिश्वकप को उदघाटन खेल मा आयोजक रसिया ले साउदी अरेबिया लाई ५-० को अन्तर ले पराजित गरेको छ ।

हजारौं घरेलु दर्शक हरुको साथ पाएको आयोजक रसिया का लागि खेल सुरु भएको १२ औं मिनेट मा मै रसिया का लागि युरि ग्याजिन्सकि ले पहिले गोल गरेका थिए ।

फिफा बरियता मा साउदी अरेबिया ३ स्थान माथी रहेपनि आजको खेल एकलौटी नै भएको थियो । फिफा बरियता मा रसिया ७० औं स्थान मा छ भने साउदी ६७ स्थान मा छ । यस्तै खेलको ४३औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। पहिलो हाफमा २ गोलको अग्रता लिएर दोस्रो हाफमा मैदान उत्रेको रसियाले ७१ औं मिनेटमा तेस्रो गोल गर्‍यो। रसियाका लागि तेस्रो गोल सब्सिटियूटमा मैदान उत्रेका आर्तेम दर्बुजाले हेड मार्फत गरे। उनले एलेकसानद्रको पासलाई क्रसबाट गोलमा परिणत गरेका थिए। उनी ७० औं मिनेटमा फेदोर सेमोलोभको सट्टामा मैदान छिरेका थिए।

यस्तै ९० मिनेटपछि थपिएको ३ मिनेटको अतिरिक्त समयको पहिलो मिनेटमा साउदीका फहाद अल मुलादले फल गरेपछि रसियाका देनिश चेरोसेभले डिबक्सको दाँयाबाट ‘लेफ्ट फुट सट’ हान्दै चौथो गोल गरे। उनलाई ७१ औं मिनेटमा गोल गरेका आर्तेमले हेडमार्फत पास दिएका थिए।

थप समयको अन्तिम मिनेटमा साउदीका तेसिल अल जासमले फल गरेपछि रशियाले पाएको फ्रि-किकलाई सदुपयोग गर्दै एलेकसान्दर गोलोभिनले रसियाका लागि ५ औं गोल गरे।

खेलको ८८ औं मिनेटमा रसियाका गोलोभीनले फल गरेपछि यस विश्वकपको पहिलो पहेलो कार्ड खाए भने साउदीका जासमले दोस्रो पहेलो कार्ड पाए।

जीतसँगै रशियाले आफ्नो समूहमा महत्वपूर्ण ३ अंक बटुल्यो साथै जित सगै बिश्वकप को उद्घाटन खेल मा आयोजक नै बिजयी हुँदै आएको रेकर्ड पनि यथावत नै रहयो ।

र यो पनि हेनुहोस ||

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *