रियल म्याड्रिड बार्सिलोना भन्दा अगाडी
एजेन्सी । बार्सिलोनालाई पछि पार्दै स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
रियलले आइतबार राति रियल भालाडोलिडमाथि १–० संघर्षपुर्ण जित निकाल्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो ।
अहिले अंकतालिकाको शीर्षस्थानमामा रहेको रियलको २१ खेलबाट ४६ अंक रहेको छ । भने दोस्रोस्थानमा रहेको बार्सिलोनाको समान २१ खेलबाट ४३ अंक रहेको छ ।
गएराती भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा रियललाई जित निकाल्न निकै संघर्षनै गर्नु परेको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलले खेलको ७८ औं मिनेटमा गोल गर्न सफल भएको थियो ।
रियलका लागि नाँचोले गरेको त्यो गोलनै अन्ततः निर्णायक हुन पुगेको थियो ।