सावित्राको निर्णायक गोलमा केरलाको विजयी सुरुवात

सावित्राको निर्णायक गोलमा केरलाको विजयी सुरुवात

एजेन्सी – नेपाली स्टार खेलाडी सावित्रा भण्डारीआवद्ध गोकुलम केरलाले इन्डियन वुमन्स लिग (आईलिग) मा विजय सुरुवात गरेको छ । 

लिगमा विजयी सुरुवात गर्ने क्रममा केरलाले श्रीभूमि एफसीलाई १–० ले पराजित गर्न सफल भयो । 

आईतबार बेङलोर फुटबल मैदानमा भएको खेलमा केरलालाई जित दिलाउँन नेपालकी सावित्रा भण्डारीले खेलको ६७ औं मिनेटमा गरेको गोल निर्णायक हुन पुगेको थियो ।

गत संस्करण सेथु एफसीमा बाट खेलेकी सावित्राले टोलीलाई लिग च्याम्पियन बनाउन ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन्।

यस्तै यहि लिगमा नेपालकी अर्कि खेलाडी अनिता बस्नेत पनि खेल्दैछ्न । उनि अघिल्लो संस्करणकै टोली सेथुबाट खेलिरहेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *