onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लिगमा संकटाको तेस्रो जित : फ्रेन्ड्स पराजित

काठमाडौं (अनलाइन खेलखबर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले तेस्रो जित हासिल गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले जित हासिल गर्ने क्रममा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

संकटाले साँघुरो जित हासिल गरेको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर खेलको ६४ औं मिनेटमा संकटाका अजया माटीन्सले गोल गरे जुन गोल अन्तत खेलको निर्णायक हुन पुग्यो ।

जितसँगै संकटा अहिले ८ खेलबाट १२ अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ । भने पराजित हुन पुगेको फ्रेन्ड्स ८ खेलबाट ८ अंकसहित ११ औं स्थानमा रहेको छ ।

यस्तै आजनै भएको अर्को खेलमा त्रिभुवन आर्मी र न्युरोड टिम एनआरटीले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्