onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफलाई पराजित गर्दै जावलाखेल पाँचौं स्थानमा उक्लियो

काठमाडौं (अनलाइन खेलखबर ) । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले विभागिय टोली एपीएफलाई पराजित गरेको छ ।

बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले एपीएफमाथि जित हासिल गर्ने क्रममा १-० गोल अन्तरले पराजित गरेको छ ।

एपीएफमाथि जित हासिल गर्ने क्रममा जावलाखेलका फोदे फोफनाले ७१ औं मिनेटमा गरेको गोलनै निर्णायक हुन पुग्यो ।

जितसँगै जावलाखेल लिगको पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेलको अहिले ८ खेलबाट १२ अंक रहेको छ ।

पराजित एपीएफ ८ खेलबाट ५ अंकसहित अंकतालिकाको १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्