onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लिगमा थ्री स्टारको चौथो जित : हिमालयन शेर्पा पराजित

काठमाडौं (अनलाइन खेलखबर ) । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारले चौथो जित हासिल गरेको छ ।

बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा थ्रीस्टारले सुरुवाती छ्ठौं मिनेटमा अग्रता कायम गरेको थियो । थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाउँने क्रममा सुशील राईले गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफको अन्त्यतिर दुई गोल हुन पुगेको थियो । पहिलो हाफको ईन्जुरी समयमा हिमालयन शेर्पाका स्टेफेनले गोल गरेका थिए ।

तर त्यो बराबरी केही धेरै बेर टिक्न सकेन । ठिक अर्को मिनेटमा थ्रीस्टारका सन्जोग राईले गोल गरेपछी थ्रीस्टारले पहिलो हाफमा २-१ को अग्रता कायम गरेको थियो ।

त्यसपछि थ्रीस्टारले खेलको ५० औं मिनेटमा तेस्रो गोल गर्न सफल भयो । तेस्रो गोल वासिउ हजमतले गरेका थिए ।

यो जितसँगै थ्रीस्टार ८ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । भने पराजित भएको हिमालयन शेर्पा ७ अंकका साथ ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्