onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लिगमा मछिन्द्रको पाँचौ जित : पुलिस पराजित

काठमाडौं (अनलाइन खेलखबर )। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले पाँचौ जित आत्मसाथ गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले जित हासिल गर्ने क्रममा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मछिन्द्रले खेलको ५४ औं मिनेटमा गोल गरेको थियो ।

रन्जित धिमालले गरेको त्यो गोलनै अन्तत : खेलको निर्णायक गोल हुन पुग्यो ।

योजितसँगै मछिन्द्र ८ खेलबाट १६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा त्रिभुवन आर्मी रहेको उसको पनि समान १६ अंक भएपनि गोल अन्तरले माथि रहेको हुँदा पहिलो स्थानमा रहेको छ ।

मछिन्द्रसँग पराजित भएको पुलिस अहिले ११ अंकका साथ छ्ठौंस्थानमा रहेको छ ।

यता लिगमा अब बिहिबार दुई खेल हुनेछ । दुबै खेल दशरथ रंगशालामा हुनेछ । जसअन्तर्गत दिनको पहिलो खेलमा १२ बजेपछि थ्रीस्टारले हिमालयन शेर्पासँग भिड्ने छ ।

भने दिनको अन्तिम खेलमा एपीएफले जावलाखेल युथ क्लबसँग खेल्नेछ । जुन खेल ३ बजेपछी सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्