onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकप फुटबलको भब्य उदघाटन ( फोटो फिचर सहित )

एजेन्सी मस्को , अनलाईन खेलखबर || आज बिहिवार देखि फुटबल को महा-कुम्भमेला बिश्वकप रसिया मा सुरु भएको छ । मस्को को लुझनिकी स्टेडियम मा उद्घाटन समारोह सम्पन भएको छ |

करिब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशाला मा भब्य रुपमा रसिया ले बिश्वकप उदघाटन समारोह गरेको छ । बिश्वकप लाई भब्य बनाउन क्रम मा ईङ्ल्यान्ड का पप स्टार रॉबी विलियम्स ले आफ्नो दमदार प्रस्तुति दिएका थिए । यस्तै अन्य चर्चित कलाकार हरुको पनि साथ थियो ।

उद्घाटन खेल

पहिलो पटक बिश्वकप को आयोजना गर्न लागेको रसिया ले उद्घाटन खेल मा साउदी अरेबिया सगँ अहिले प्रतिस्पर्धा गरिरहेको छ । रसियाको लुझनिकि स्टेडियम मा नेपाली समय अनुसार ठिक पौने ९ बजे साझ बाट खेल सुरु भैरहेको छ । यो खबर तयार गर्दा ४४ मिनेट भित्र रसिया ले २ गोल को अग्रता लिएको छ ।

रसिया मा हुने २१औं संस्करणको विश्वकप फुटबल जुन १५ तारिखसम्म चन्ने छ । विश्वकपको आयोजक रसियासँगै, समूह “ए” मा साउदी अरब, इजिप्ट र उरुग्वे रहेका छन् । त्यस्तै, समूह” बि “मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन् ।

समूह “सि “मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् भने समूह “डि” मा अर्जेन्टिना, आइसल्याण्ड, नाइजेरिया र क्रोएसिया रहेका छन् । त्यस्तै, समूह “ई “मा ब्राजिल स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्विया रहेका छन् ।

त्यस्तै, समूह “एफ “मा विश्व विजेता जर्मनीसँगै, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । समूह “जि” मा इंग्ल्याण्ड, बेल्जियम, पानामा र ट्युनिसिया रहेका छन् भने समूह “एच” मा पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान रहेका छन् ।

रसिया का कुल ११ सहर का १२ मैदान मा हुने यसपटक को बिश्वकप मा डिफेन्डिङ च्याम्पियन जर्मनी , पुर्ब च्याम्पियन स्पेन , ब्राजिल , अजेन्टिना , फ्रान्स जस्ता पुर्ब च्याम्पियन हरु नै यसपटक पनि बलिया देखिएका छन भने दाबेदारी प्रस्तुत पनि उनिहरु गर्दै छ्न । यता यसपटक को बिश्वकप ७३६ खेलाडी ले आफ्नो कला देखाउने अबसर प्राप्त गरे पनि खास भने अजेन्टिना का स्टार स्टाईकर तथा कप्तान लियोनल मेस्सी , ब्राजिल का नेयमार पोर्चुगल का अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, स्पेन का आंद्रे इनेस्ता तथा जर्मनी का गोलकीपर मैनुअल नॉयर जस्ता खेलाडी प्रती खास निगाह रहने छ ।

आज देखि रसिया मा भैरहेको फुटबल को महामेला फिफा बिश्वकप का लागि अहिले सम्पुर्ण फुटबल प्रेमीको नजर स्वाभाविक रुपमा रसिया तर्फ मोडिएको छ । अहिले बिश्वभर बिश्वकपमय माहोल बनिरहेको अबस्थामा छ । ३२ टिम ले मात्र सहभागिता जनाउने भएपनि फुटबल बिश्वकप लाई बिश्वले नजिक बाट निहाल्ने गर्छ्न , संसार कै सबैभन्दा लोकप्रिय खेल फुटबल त्यसमाथि सबैभन्दा ठुलो प्रतियोगिता बिश्वकप त्यही भएर होला फुटबल प्रेमी लाई अरु के चाहियो यो भन्दा हो अहिले संसार बिश्वकप मा झुम्न थालिसकेका छ्न । फुटबल का पारखी हरु जो सबै उमेर समुह का किन नहोस अहिले आफुलाई मनपर्ने टिमलाई समर्थन गर्न लागि परेका छ्न । समर्थक गरेको टिमको चर्चा – परिचर्चा विश्लेषण गर्न सुरु गरिसकेका छ्न ।

सदाझै यसपटक पनि रसिया मा प्रत्यक्ष फुटबल हेर्न जानेको सङ्ख्या बाक्लो छ । रंगशाला भरिने छ्न , र यसको बिश्वभर टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण को ब्यबस्था पनि भारी मात्रा मा गरिएको छ । नेपाल मा पनि एनटिभि , कान्तिपुर र डिस होम को स्पोर्ट्स एक्सन बाट प्रत्यक्ष प्रशारण गरि रहेका छन् । स्पोर्ट्स एक्सन ले त झनै नेपालि दर्शक का लागि बिषेस ध्यान मा राखी नेपाली भाषा मै केमिस्ट्री गरिरहेको छ ।।जुन प्रयोग नेपालकाका लागि नौलो हो । यस्तै चर्चित स्पोर्ट्स नेटवर्क सोनि ले पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ |

हेर्नुहोस उदघाटन समारोह का केहि तस्बिर हरु

प्रतिक्रिया दिनुहोस्