onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाल र ईङल्याण्डको टोलीबीच २ मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौं ( अनलाइन खेलखबर ) । नेपाली राष्ट्रिय फुटबल टोलीले ईङल्याण्डको यू–२३ सी टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ ( एन्फा ) र ईङल्याण्ड फुटबल संघका प्रतिनिधिबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ ।

सम्झौता अनुसार २ मैत्रीपूर्ण खेल हुनेछ । जसअन्तर्गत एउटा खेल ईङल्याण्डमा हुनेछ भने एउटा खेल नेपालमा हुनेछ ।

पहिलो खेल नेपालले सन् यहि आउँदो मार्च २५ मा एन्डरसट एफसीको खेल मैदानमा खेल्नेछ । त्यसपछि मे महिनामा ईङल्याण्ड टोली नेपाल आउँने कार्यक्रम रहेको छ ।

यस मैत्रीपूर्ण खेल नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध कायम भएको २०४ वर्ष पुगेको अवसरमा यो खेल हुन लागेको हो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *