आजदेखि शुरु हुँदैछ विश्व फुटबलको महाकुम्भ : तयारी भब्य , उद्गघाटन खेल मा रसिया र साउदी अरेबिया भिडने
एजेन्सी मस्को , अनलाईन खेलखबर || आज बिहिवार देखि फुटबल को महा-कुम्भमेला बिश्वकप रसिया मा हुदैछ । मस्को को लुझनिकी स्टेडियम मा उद्घाटन समारोह को तयारी पूरा भैसकको अबस्था छ ।
करिब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशाला मा ५०० भन्दा बढि कलाकारद्रारा आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भएको छ । भने बिश्वकप उद्घाटन सत्रको सुरक्षा का लागि करिब ३० हजार सुरक्षाकर्मी तैनाथ हुने रसियन सरकार ले जानकारि गराएको छ । आयोजक रसिया का रास्ट्रपति व्लादिमिर पुटिन ले भन्छ्न ” बिश्वकप का लागि रसिया तयार छ , सबै फुटबल समर्थक तथा दर्शक का लागि ढुक्क भएर खेल हेर्न आवस्वन समेत दिएका छ्न उनी थप्छ्न हाम्रो देशका लागि यो स्तरको आयोजना ले ठूलो महत्त्व तथा उपलब्धि हो । यस्तै सुरक्षा को दृस्ठिकोण बाट पनि रसिया ले ठूलो ध्यान पुर्याएको देखिन्छ स्थल देखि हवाई निगरानी बिश्वकप भर रसिया ले गर्नेछ ।
आज हुने उद्घाटन समारोह मा महान ब्राजीलियन फुटबलर पेले खराब स्वास्थ्य का कारण अनुपस्थित रहेछ्न पहिले उनी पनि आउने कार्यक्रम तय भएको थियो । तर उनकै देश ब्राजिल का अर्का महान खेलाडि रोनाल्डो उद्गघाट्न समारोह मा सहभागिता जनाउदै छ्न ।
यस्तै उदघाटन समारोह लाई भब्य बनाउन क्रम मा ईङ्ल्यान्ड का पप स्टार रॉबी विलियम्स साथै स्पेन का गायक प्लासिडो डोमिगो ले पनि प्रस्तुति दिनेछ्न यस्तै गायक जुआन डिएगो फ्लोरेज तथा रुसि गायिका गरीफुल्लिना ले पनि प्रस्तुति दिने छ्न ।
उद्घाटन खेल
पहिलो पटक बिश्वकप को आयोजना गर्न लागेको रसिया ले उद्घाटन खेल मा साउदी अरेबिया सगँ प्रतिस्पर्धा गर्ने छ । रसियाको लुझनिकि स्टेडियम मा नेपाली समय अनुसार करिब पौने ९ बजे साझ उक्त खेल हुनेछ भने यसअघि यसअघि उदघाटन समारोह हुने छ ।
रसिया मा हुने २१औं संस्करणको विश्वकप फुटबल जुन १५ तारिखसम्म चन्ने छ । विश्वकपको आयोजक रसियासँगै, समूह “ए” मा साउदी अरब, इजिप्ट र उरुग्वे रहेका छन् । त्यस्तै, समूह” बि “मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन् ।
समूह “सि “मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् भने समूह “डि” मा अर्जेन्टिना, आइसल्याण्ड, नाइजेरिया र क्रोएसिया रहेका छन् । त्यस्तै, समूह “ई “मा ब्राजिल स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्विया रहेका छन् ।
त्यस्तै, समूह “एफ “मा विश्व विजेता जर्मनीसँगै, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । समूह “जि” मा इंग्ल्याण्ड, बेल्जियम, पानामा र ट्युनिसिया रहेका छन् भने समूह “एच” मा पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान रहेका छन् ।
रसिया का कुल ११ सहर का १२ मैदान मा हुने यसपटक को बिश्वकप मा डिफेन्डिङ च्याम्पियन जर्मनी , पुर्ब च्याम्पियन स्पेन , ब्राजिल , अजेन्टिना , फ्रान्स जस्ता पुर्ब च्याम्पियन हरु नै यसपटक पनि बलिया देखिएका छन भने दाबेदारी प्रस्तुत पनि उनिहरु गर्दै छ्न । यता यसपटक को बिश्वकप ७३६ खेलाडी ले आफ्नो कला देखाउने अबसर प्राप्त गरे पनि खास भने अजेन्टिना का स्टार स्टाईकर तथा कप्तान लियोनल मेस्सी , ब्राजिल का नेयमार पोर्चुगल का अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, स्पेन का आंद्रे इनेस्ता तथा जर्मनी का गोलकीपर मैनुअल नॉयर जस्ता खेलाडी प्रती खास निगाह रहने छ ।
आज देखि रसिया मा हुने फुटबल को महामेला फिफा बिश्वकप का लागि अहिले सम्पुर्ण फुटबल प्रेमीको नजर स्वाभाविक रुपमा रसिया तर्फ मोडिएको छ । अहिले बिश्वभर बिश्वकपमय माहोल बनिरहेको अबस्थामा छ । ३२ टिम ले मात्र सहभागिता जनाउने भएपनि फुटबल बिश्वकप लाई बिश्वले नजिक बाट निहाल्ने गर्छ्न , संसार कै सबैभन्दा लोकप्रिय खेल फुटबल त्यसमाथि सबैभन्दा ठुलो प्रतियोगिता बिश्वकप त्यही भएर होला फुटबल प्रेमी लाई अरु के चाहियो यो भन्दा हो अहिले संसार बिश्वकप मा झुम्न थालिसकेका छ्न । फुटबल का पारखी हरु जो सबै उमेर समुह का किन नहोस अहिले आफुलाई मनपर्ने टिमलाई समर्थन गर्न लागि परेका छ्न । समर्थक गरेको टिमको चर्चा – परिचर्चा विश्लेषण गर्न सुरु गरिसकेका छ्न ।
सदाझै यसपटक पनि रसिया मा प्रत्यक्ष फुटबल हेर्न जानेको सङ्ख्या बाक्लो छ । रंगशाला भरिने छ्न , र यसको बिश्वभर टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण को ब्यबस्था पनि भारी मात्रा मा गरिएको छ । नेपाल मा पनि एनटिभि , कान्तिपुर र डिस होम को एक्सन स्पोर्ट्स बाट प्रत्यक्ष प्रशारण गर्नेछ्न । एक्सन स्पोर्ट्स त झनै नेपालि दर्शक का लागि बिषेस ध्यान मा राखी नेपाली भाषा मै कमेन्ट्री गर्ने भएको छ ।।जुन प्रयोग नेपालकाका लागि नौलो हो । यस्तै चर्चित स्पोर्ट्स नेटवर्क सोनि ले पनि प्रत्यक्ष प्रशारण गर्दैछ ।