onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आई लिग खेल्न अनिता र सावित्रा भारत प्रस्थान

काठमाडौं (अनलाइन खेलखबर)-नेपाली राष्ट्रिय महिला फुटबल टोलीका महत्वपूर्ण सदस्य अनिता बस्नेत र सावित्रा भण्डारी ‘साम्बा’ भारततर्फ प्रस्थान गरेका छ्न ।

फाईल फोटो

यहि शुक्रबार देखि हुन गईरहेको चौथो संस्करणको इन्डियन महिला आई लिग खेल्न उनिहरु मंगलबार भारत प्रस्थान गरेका हुन ।

अघिल्लो संस्करणमा निकै राम्रो प्रदर्शन गरेका अनिता र सावित्रा यस सिरिज पनि खेल्न लागेका हुन । तर यसपटक उनिहरुको टिम फरक फरक रहेको छ । अघिल्लो सिरिज उनिहरु एउटै टिम सेथु एफसीबाट खेलेका थिए ।

सेथु एफसी गत संस्करणको च्याम्पियन समेत हो । यसपटक अनिता सेथु एफसीबाट खेल्दैछिन भने सावित्रा गोकुलम केरेला एफसी बाट खेल्न लागेकी छिन ।

गोकुलम लिगमा छ्नोट भईसकेको भने छैन तर छ्नोटको नजिक रहेको छ ।

लिगमा १२ टिमको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ् । राउण्ड रोविनपछि २ समुहका शिर्ष २ टोलीले अन्तिम ४ मा स्थान बनाउनेछन्।

सेमिफाइनल खेल १० फेब्रुअरीमा हुनेछ भने लिगको फाइनल फेब्रुअरी १४ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्