लिभरपुलको अपराजित यात्रा कायमै : म्यानचेस्टर युनाईटेडमाथि सहज जित
एजेन्सी – ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सहज जित हासील गरेको छ ।
आईतबार राती लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभर पुलले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
म्यानचेस्टर युनाईटेडमाथि जित निकाल्ने क्रममा लिभरपुलका भर्जिल भान डिजक र मोहम्मद सलाहले समान १/१ गोल गरेका थिए ।
खेलमा लिभरपुलले १४ औं मिनेटमा अग्रता कायम गरेको थियो । लिभरपुललाई सुरुवाती अग्रता दिलाउँने क्रममा भर्जिल भान डिजकले गोल गरेका थिए ।
पहिलो हाफ १-० ले अगाडी रहेको लिभरपुलले दोस्रो हाफको अन्तिम तिर अर्को गोल थप्दा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सहज जित निकाल्यो ।
दोस्रो गोल खेलको अन्तिमसमयमा मोहम्मद सलाहले गरेका थिए ।
योसँगै लिगमा सानदार प्रदर्शन कायम राखेको लिभरपुल अपराजित रहदै २२ खेलमा २१ मा जित र १ बराबरीसँगै ६४ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा यथावत रहेको छ ।
र पराजित हुन पुगेको युनाइटेडको २३ खेलबाट ३४ अंकका साथ अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।