यस पटक को बिश्वकप रसिया मा हुँदै गर्दा २०२६ को समेत आयोजना गर्ने देशको टुङ्गगो लाग्यो : ३ उतर अमेरिकन देशलाई आयोजना को जिम्मा

यस पटक को बिश्वकप रसिया मा हुँदै गर्दा २०२६ को समेत आयोजना गर्ने देशको टुङ्गगो लाग्यो : ३ उतर अमेरिकन देशलाई आयोजना को जिम्मा

एजेन्सी , अनलाईन खेलखबर || भोलि अर्थात जुन १४ देखि यस पटक को बिश्वकप रसिया मा हुदैछ । जसको प्रतीक्षा बिश्वभर लाई अहिले रहेको छ । अहिले बिश्व फुटबल मय बनेको अबस्थामा छ ।

यसै बिच मा आज रसिया मा बसेको फिफा को ६८ औँ कग्रेसले सन २०२६ को बिश्वकप आयोजना को जिम्मा ३ उतर अ्मेरिकन देश अमेरिका , क्यानडा र मेक्सिको लाई दिने निर्णय गरेको छ । अब यी ३ देश ले सयुक्त रुपमा सन २०२६ को बिश्वकप आयोजना गर्ने छ्न ।

आज फिफा का सदस्य हरु बाट मतदान मार्फत यी ३ उतर अमेरिकन देश ले आयोजना गर्न पाएका हुन । कुल सदस्य २१० भएपनि २०३ ले मात्र मतदान मा सहभागिता जनाए का थिए जसमा ३ मत बदर हुदाँ २०० मत माथी १३४ मत प्राप्त गरि आयोजना गर्ने सौभाग्य यी ३ देश ले पाए । भने ६५ मत प्राप्त गरि अफ़्रिकन देश मोरक्को यसपटक पनि आयोजना गर्न का लागि मतदान मा असफल भयो यो उसको पाचौ पटकको दाबेदारि हो । भने १ देश ले तटस्थ रहयो उसले कसैलाई मत दिएन ।

यस अघि सन १९७० र १९८६ मा दुई पटक मेक्सिको ले बिश्वकप को आयोजना गरिसकेको छ भने सन १९९४ मा अमेरिका ले पनि भब्यता का साथ बिश्वकप को आयोजना गरिसकेको छ । यता रसिया पछि सन २०२२ मा को बिश्वकप को आयोजना कत्तार ले गर्ने छ जसको निर्णय धेरै अगाडि भैसकेको थियो , कतार अहिले बिश्वकप को तयारी मा खटिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *