onlinekhelkhabar.com

Complete website for Nepali Sports News

मछिन्द्र हिमालयन शेर्पासँग स्तब्ध

काठमाडौं ( अनलाइन खेलखबर )- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबको पराजित यात्रामा पूर्णविराम लागेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २-० गोल अन्तरले पराजित हुन पुगेको छ ।

खेलमा हिमालयनले सुरुवाती पहिलो मिनेटमै अग्रता कायम गरेको थियो । हिमालयनलाई सुरुमै अग्रता बोनस गोलमार्फत प्राप्त भएको थियो ।

मछिन्द्रका पिटर सेगुनले आत्मघाती गोल गर्दा हिमालयन शेर्पाले १-० को अग्रता बनाएको थियो ।

त्यसपछि खेलको २० औं मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए र बाकी समयमा कुनै टिमबाट गोल हुन नसक्दा खेल शेर्पाले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलको म्यान अफ द म्याच विजय श्रेष्ठ घोषित भए ।

यो जितसँगै हिमालयन शेर्पा ७ खेलबाट ७ अंकका साथ अंकतालिकाको १० औं स्थानमा रहेको छ भने शेर्पासँग स्तब्ध भएको मछिन्द्र ७ खेलबाट १३ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्