बार्सिलोनालाई पराजित गर्दै  एट्लेटिको फाइनलमा

बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको फाइनलमा

एजेन्सी – स्पेनिस महारथी बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहिबार राति साउदी अरेबियास्थित किग अब्दुल्ला स्पोर्ट्स सिटि जेद्दादमा भएको सेमिफाइनल खेलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गाेल अन्तरले पराजित गर्न सफल भयो ।

रोमान्चक बनेको सेमिफाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफमा गोलको वर्षा हुँदा खेलमा रोमाञ्चकता थपेको थियो । खेलको ४६ औं मिनेटमा कोकेले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि लिओनेल मेस्सी र एन्टोइन ग्रिज्मनले गोल फर्काएर बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

मेस्सीले खेलको ५१ औं मिनेटमा र एन्टोइनले ६२ औं मिनेटमा गरेका थिए ।

त्यसपछि २-१ ले अग्रता बनाईरहेको बार्सा खेलको अन्तिम तिर सम्हालिन नसक्दा अन्तत : पराजित हुन पुग्यो ।

एट्लेटिकोले ८१ औं मिनेटमा अल्भारो मोराटाको
पेनाल्टीमामार्फत खेललाई बराबरीमा ल्याएको थियो । र त्यसपछि ८६ औं मिनेटमा एन्जल कोरियाको एट्लेटिकोलाई तेस्रो गोल गरे जुन गोल एट्लेटिकोलाई फाइनल पुग्न निर्णायक बन्न पुग्यो ।

अब एट्लेटिकोले उपाधिका लागि आईतबार रियल म्याड्रिडको सामना गर्नेछ । रियलले बुधबार पहिलो सेमिफाइनलमा भ्यालेन्सियालाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *