सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाको दोस्रो जित
काठमाडौं ( अनलाइन खेलखबर ) | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित हासिल गरेको छ ।
बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले लिगमा दोस्रो जित हासिल गर्ने क्रममा विभागीय टोली एपीएफलाई ४-२ ले पराजित बन्यो ।
खेलमा संकटाले १९ औं मिनेटमा अग्रता बनाएको थियो । टिमलाई अग्रता दिलाउँने क्रममा लक्ष्मण रुचलले पहिलो गोल गरेका थिए ।
त्यसपछि ४४ औं मिनेटमा संकटाका कर्ण बहादुर सुब्बाले टिमका लागि दोस्रो गोल गर्दा संकटाले पहिलो हाफ भित्र २-० को अग्रता बनाएको थियो ।
पहिलो हाफ संकटाले एकतर्फी राखेपनि दोस्रो हाफ भने रोमान्चकताले भरिपूर्ण रहेको थियो । जसअन्तर्गत दोस्रो हाफमा थप ४ गोल हुन पुगेको थियो ।
जसमा संकटाले खेलको ५३ औं मिनेटमा तेस्रो गोल गर्न सफल भयो । संकटाका लागि तेस्रो गोल अजय मार्टिनले गरेका थिए ।
अजयको गोलपछि भने एपीएफका नबिन लामाले पेनाल्टीमार्फत ५६ औं मिनेटमा एक गोल फर्काए । त्यसपछि एपीएफका आशिस लामाले टिमका लागि दोस्रो गोल गरेपछी एपीएफ खेलमा फर्किने सङ्केत गरेको थियो ।
तर अजयले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेपछी एपीएफ निराश हुन पुग्यो । अजय मार्टिन्सले ८८ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै संकटा ५ खेलबाट ७ अंकका साथ लिगको सातौं स्थानमा उक्लिएको छ । भने एपीएफ समान ५ खेलबाट ४ अंकका साथ लिगको ११ औं स्थानमा रहेको छ ।