रियल स्पेनिस सुपर कपको फाइनलमा
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
बुधबार राति भएको सेमिफाइनल खेलमा रियलले भ्यालेन्सियालाई ३–१ ले पराजित गरेपछी रियल स्पेनिस सुपर कपको फाइनल पुगेको हो ।
साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीको खेल मैदानमा रियालको जितमा टोनी क्रुस, इस्को र लुका मोड्रिचले गोल गरेका थिए ।
भने भ्यालेन्सियाका ड्यानियल परेजो एक गोल गरेका थिए ।
खेलमा रियलले खेलको १५ औं मिनेटमा अग्रता कायम गरेको थियो । टिमका लागि पहिलो गोल गर्दै अग्रता दिलाउँने क्रममा टोनिले गोल गरेका थिए ।
त्यसपछि रियलले ३९ औं मिनेटमा अर्को गोल थप्यो । रियलका लागि दोस्रो गोल इस्कोले गरेका थिए ।
पहिलो हाफमा २-० ले अगाडी रहेको रियल दोस्रो हाफमा पनि थप एक गोल थप्न सफल भयो ।
रियलले तेस्रो गोल खेलको ६५ औं मिनेटमा गरेको थियो । जुन गोल लुका मोड्रिचले गरेका थिए ।
त्यसपछि खेलको अन्त्यतिर भ्यालेन्सियाका ड्यानियल परेजोले सान्त्वना एक गोल फर्काएका थिए ।
अब रियलले फाइनलमा आज राति बार्सिलोना र एट्लेटिको मड्रिडबीच हुने खेलको विजेतासँग १२ जनवरीमा खेल्नेछ ।