सन्तोष साहुखल बने नेपाली लिगमा सय गोल गर्ने पहिलो खेलाडी
काठमाडौं ( अनलाइन खेलखबर ) | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सय गोल गर्ने पहिलो खेलाडी सन्तोष साहुखल हुन सफल भएका छ्न ।
लिगको ईतिहासमा कीर्तिमान कायम गर्ने क्रममा सन्तोषले बुधबार भएको नेपाल पुलिस क्लबविरुद्द २ गोल गरेपछी उनको त्यो किर्तिमान पूरा भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस र सन्तोषको टिम च्यासल युथ क्लबले २-२ सहित बराबरी खेलेका थिए ।
रोमान्चक बनेको खेलमा पुलिसका लागि निर कुमार राई र सुमन लामाले १/१ गोल गरेका थिए भने च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले गरेका थिए ।
खेलमा पुलिसले खेलको पाँचौ मिनेटमा अग्रता कायम गरेको थियो । टिमलाई अग्रता दिलाउँने क्रममा निर कुमार राईले पहिलो गोल गरेका थिए ।
त्यसपछि खेलको १८ औं मिनेटमा सन्तोषले बराबरी गोल फर्काए । जुन गोल सन्तोष स्वयमका लागि पनि किर्तिमान कायम गर्न प्रयाप्त बन्यो ।
यसअघि ९९ औं गोल गरेका सन्तोषले त्यो गोलको सहयोगमा लिगमा सय गोल गर्ने पहिलो खेलाडी बन्न पुगे ।
यता खेलमा पुलिसले ४० औं मिनेटमा अर्को गोल थप्यो । टिमका लागि दोस्रो गोल सुमन लामाले गरेका थिए ।
पहिलो हाफमा २-१ ले पछाडी परेको च्यासल दोस्रो हाफ सुरु भएलगत्तै बराबरी गोल फर्कायो ।
बराबरीसँगै च्यासल ५ खेलबाट ५ अंकका साथका अंकतालिकाको १० औं स्थानमा रहेको छ । भने पुलिस समान ५ खेलबाट ८ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
यता लिगमा आजनै भएको अर्को खेलमा थ्रीस्टारले मछिन्द्रलाई ३-१ ले पराजित गरेको थियो ।