मोहम्मद सलाहलाई पछी पार्दै माने बने अफ्रिकन वर्ष खेलाडी

मोहम्मद सलाहलाई पछी पार्दै माने बने अफ्रिकन वर्ष खेलाडी

एजेन्सी – सेनेगल तथा लिभरपुल फरवार्ड साडियो माने अफ्रिकन प्लेयर अफ दी ईयर घोषित हुन भएका छन ।

माने यसपटक अफ्रिकन वर्ष खेलाडी हुने क्रममा उनले ईजिप्टका तथा आफ्नो टिम लिभर पुलका सहकर्मी मोहमम्द सलाह र अल्जेरियन खेलाडी रियाद महरेजलाई पछाडी पार्न सफल भए ।

प्लेयर अफ दी ईयर घोषित भएका मानेले अघिल्लो सिजनमा लिभरपुलले लिगको उपाधि उचाल्ने क्रममा उनको मह्त्वपूर्ण भूमिका रहेको थियो ।

जसअन्तर्गत लिभर पुल च्याम्पियन बन्दा कुल ३० गोल गरेका थिए र अहिले जारी लिगमा पनि मानेले आफ्नो गोल सङख्या १५ पुर्याईसकेका छन ।

यस्तै उनले आफ्नो मुलुक सेनेगललाई अफ्रिका कपमा उप -विजेता दिलाउन ठुलो योगदान गरेका थिए ।

अवार्ड प्राप्त गरेपछि मानेले धन्यवाद दिने क्रममा ‘म यो जित्दा वास्तमै खुशी र गौरवान्दित छु । फुटबल मेरो काम हो, यसलाई म माया गर्छु’, ‘म मेरो परिवार, मेरो राष्ट्रिय टोली, कर्मचारी, फेडेरेसन र लिभरपुल फुटबल क्लबलाई धन्यवाद दिन चाहन्छु । यो मेरो लागि ठूलो दिन हो।’ उनले यसरी आफ्नो खुशीलाई ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *