onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्सको अर्को सानदार जित

एजेन्सी – इटालियन सिरी `ए ´ फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले फराकिलो जित हासिल गर्ने सफल भएको छ ।

सोमबार भएको खेलमा युभेन्ट्सले फराकिलो जित हासिल गर्ने क्रममा काग्लियारीलाई ४-० गोल अन्तरले पराजित गर्यो ।

घरेलु मैदानमा भएको खेलमा टिमले सानदार जित हासिल गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

भने गोन्जालो हिगुआईनले एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ४९ औं मिनेटमा रोनाल्डोले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।

यस्तै उनले खेलको ६७ औं मिनेटमा पेनाल्टीमार्फत टिमका लागी दोस्रो गोल गरे । त्यसपछि ८१ औं मिनेटमा युभेन्ट्सले थप एक गोल थप्यो ।

तेस्रो गोल हिगुआईनले गरेका थिए । त्यसपछि खेलको ८२ औं मिनेटमा रोनाल्डोले अर्को गोल गर्दा ह्याट्रिक पूरा भएको थियो ।

जितसँगै युभेन्ट्स १८ खेलबाट ४५ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ । भने पराजित हुन पुगेको काग्लियारी २९ अंकका साथ अंकतालिकाको छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्