onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मछिन्द्र र मनाङको रोमाञ्चक बराबरी

काठमाडौं ( अनलाइन खेलखबर ) | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छ्न ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मनाङ र मछिन्द्रबीचको खेल २-२ गोलमा सकिएको थियो ।

खेलमा मनाङले खेलको दोस्रो मिनेटमा नै अग्रता कायम गरेको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउँने क्रममा फेमी जोसुवाले पहिलो गोल गरेका थिए ।

उनले अन्जन विष्टले दिएको बललाई हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफ भित्र १-० ले अगाडी रहेको मनाङ दोस्रो हाफमाको सुरुवाती अवस्था अर्थात खेलको ४७ औं मिनेटमा बराबरी गोल खान पुगेको थियो ।

मछिन्द्रका लागी बराबरी गोल सुजल श्रेष्ठले फर्काएका थिए ।

निकै प्रतिष्पर्दात्मक बनेको खेलमा मछिन्द्रका सोमिदेले ८१ औं मिनेटमा गोल गरेपछी खेलमा झन रोमान्चकता थपेको थियो ।

त्यसपछि त्यो अग्रता भने ७ मिनेटपछि टुटन पुग्यो । खेलको ८८ औं मिनेटमा मनाङका विमल रानाले बराबरी गोल फर्काएका थिए ।

यो बराबरीसँगै मनाङ ५ खेलबाट ११ अंक जोड्दै पहिलो स्थानमा यथावतनै रहेको छ भने मछिन्द्र १० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्