जावलाखेल र एनआरटिबीचको खेल बराबरीमा

जावलाखेल र एनआरटिबीचको खेल बराबरीमा

काठमाडौं ( अनलाइन खेलखबर ) | सहिद स्मारक `ए´ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटि र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा एनआरटि र जावलाखेलले गोलरहित बराबरीमा सकिएको छ ।

खेलमा दुवै टिमले केहि मौका प्राप्त गरेको भएपनि गोलमा भने परिणत गर्न सकेनन ।

यो बराबरीसँगै जावलाखेल अहिले ५ खेलबाट ९ अंकका साथ अंकतालिकाको चौथो स्थानमा रहेको छ भने एनआरटि पनि समान ५ खेलबाट ५ अंकका साथ अंकतालिकाको आठौं स्थानमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *