onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गेटाफेमाथि रियलको सहज जित

एजेन्सी – स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले अर्को सहज जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा रियल म्याड्रिडले सहज जित हासिल गर्ने क्रममा गेटाफेमाथि ३–० को जित हासिल गरेको छ ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो गोल खेलको ३४ औं मिनेटमा गरेको थियो ।

टिमलाई अग्रता राफेल वर्न दिलाएका थिए । पहिलो हाफ भित्र १-० को अग्रता कायम गरेको रियलले दोस्रो हाफमा २ गोल थपेको थियो ।

जसअन्तर्गत खेलको ५३ औं मिनेटमा राफेलले नै दोस्रो गोल गर्न सफल भएका थिए ।

यस्तै रियलले अन्तिम समयमा थप एक गोल थप्दा अन्तत र्रियलले खेल ३-० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

टिमका लागि तेस्रो गोल लुका मोड्रिकले गरेका थिए ।

यो जितसँगै रियल १९ खेलबाट ४० अंकका साथ दोस्रो स्थानमा रहेको छ पहिलो स्थानमा समान ४० अंकका साथ बार्सिलोना रहेको छ ।

यस्तै पराजित भएको गेटाफे ३० अंकका साथ सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्