onlinekhelkhabar.com

Complete website for Nepali Sports News

लिगकै कमजोर टिमसँग बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस लिग ला लिगामा साविकको विजेता समेत रहेको बार्सिलोनाले लिगको पुछारमा रहेको टिम इस्पान्योलसँग बराबरी खेलेको छ ।

गएराती भएको खेलमा बार्सिलोनाले इस्पान्योलसँग बराबरी खेल्ने क्रममा यी दुईबीचको खेल २–२ को बराबरीमा सकिएको थियो ।

खेलमा इस्पान्योलले खेलको २३ औं मिनेटमा अग्रता बनाएको थियो ।

टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा डेभिड लोपेजले पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अग्रता बनाएको इस्पान्योलले ५० औं मिनेटमा बराबरी गोल खाएको थियो ।

खेललाई बराबरीमा ल्याउने क्रममा बार्सिलोनाका लुईस स्वारेजले ५० औ मिनेटमा गोल गर्न सफल भएका थिए ।

त्यसपछी खेलको ५९ औं मिनेटमा बार्साले अर्को गोल थप्यो । टिमका लागि दोस्रो गोल अर्टुरो भिडालले गरेका थिए ।

तर खेलको ८८ औं मिनेटमा बार्सिलोना सम्हालिन नसक्दा टिमले फेरी अर्को गोल खान पुग्यो जुन गोल अन्तत खेललाई बराबरीमा ल्याउन प्रयाप्त बन्यो

इस्पान्योलका लागि अन्तिम समयमा महत्वपूर्ण गोल वू लेईले गरेका थिए

यो बराबरीसँगै बार्सिलोना १९ खेलबाट लिगमा ४० अंकका साथ पहिलो स्थानमा रहेको छ । जसलाई रियल मड्रिडले पछ्याईरहेको छ उसको पनि समान ४० अंकनै रहेको छ ।

यता बार्सिलोनालाई बराबरीमा रोक्न सफल भएको इस्पान्योल ११ अंकका साथ अन्तिम स्थानमा रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *