onlinekhelkhabar.com

Complete website for Nepali Sports News

लिभरपुलको अपराजित यात्रा कायमै : फेरी अर्को सहज जित

एजेन्सी – ईङ्लिस प्रिमियर प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राख्ने क्रममा आफ्नो २० औं खेलमा सेफिल्ड युनाईटेडलाई पराजित गरेको छ ।

बिहिबार राती भएको खेलमा लिभरपुलले आफ्नै घरेलु मैदान एनफिल्डमा सेफिल्ड युनाईटेडमाथि २–० ले जित हासिल गर्न सफल भएको हो ।

लिगमा टिमलाई अर्को सहज जित दिलाउँने क्रममा खेलको चौथो मिनेटमा नै लिभरपुलका मोहम्मद सलाहाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल थप्यो । दोस्रो गोल खेलको ६४ औं मिनेटमा साडियो मानेले गरेका थिए ।

यो जितसँगै अपराजित यात्रालाई यथावत राखेको लिभरपुलले २० खेलमा १९ मा जित र १ खेलमा बराबरीसँगै ५८ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा सुरक्षीत रहेको छ ।

लिभरपुललाई पछ्याईरहेको लेस्टरको २१ खेलबाट अंकतालिकामा ४५ अंक रहेको छ । भने तेस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीको ४४ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्