एपीएफको पहिलो जित
काठमाडौं ( अनलाइन खेलखबर ) | विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक `ए´ डिभिजन लिग फुटबलमा पहिलो जित हासिल गर्ने क्रममा सरस्वती युथ क्लबलाई पराजित गरेको छ ।
बिहिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको एकमात्र खेलमा एपीएफले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
यसअघिका ३ खेलमा २ मा हार र १ बराबरी खेलेको एपीएफले आज चौथो खेलमा आएर बल्ल जितको स्वाद चाख्न पायो जसले गर्दा एपीएफ अहिले अंकतालिकामा ४ अंकका साथ दसौं स्थानमा रहेको छ ।
यता योसँगै लिगमा ४ खेल खेलेको सरस्वती पराजित रहदै आएको छ । र अंकतालिकाको पुँछारमा समेत रहेको छ ।
यता खेलमा एपीएफलाई जित दिलाउन आशिष लामाले एक्कैले २ गोल गरेका थिए भने सरस्वतीका लागि विनोद केसीले एक गोल फर्काएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एपीएफले खेलको ६२ औं मिनेटमा अग्रता कायम गरेको थियो । जसलाई आशिषले सम्भव गराएका थिए ।
त्यसपछि ईन्जुरी समयमा दुई गोल हुन पुग्यो । जसमा एपीएफका आशिषले ब्यक्तिगत दोस्रो गोल गर्दा सरस्वतीका विनोद केसीले एक गोल फर्काएका थिए ।
अब लिगमा शुक्रबार कुनै खेल रहेका छैनन । शनिबार १२ बजेपछि एन्फा कम्प्लेक्समा एनआरटी र जावलाखेल युथ क्लब भिड्ने छ्न ।
त्यसपछि ३ बजे दशरथ रंगशालामा मनाङले मछिन्द्रको सामना गर्नेछ ।