म्यान्चेष्टर युनाईटेडमाथि आर्सनलको सहज  जित

म्यान्चेष्टर युनाईटेडमाथि आर्सनलको सहज जित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडमाथि आर्सनलले जित हासिल गर्न सफल भएको छ ।

बुधबार राती लण्डनस्थित आर्सनलको घरेलु मैदान अमीरात स्टेडियममा भएको खेलमा आर्सनलले म्यान्चेष्टर युनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा आर्सनलले जित निकाल्ने क्रममा खेलको चौथो मिनेटमानै पहिलो गोल गरेको थियो ।

टिमलाई सुरुवाती अग्रता दिलाउँने क्रममा टिमका निकोलस पेपेले पहिलो गोल गरेका थिए ।

त्यसपछि आर्सनलले दोस्रो गोल खेलको ४२ औं मिनेटमा गरेको थियो । टिमका लागि दोस्रो गोल सोक्रेतिसले गरेका थिए ।

पहिलो हाफमा २-० ले सकिएको खेलमा दोस्रो हाफमा भने कुनै गोल हुन सकेन र खेल आर्सनलले २-० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

जितसँगै आर्सनल २१ खेलबाट २७ अंक जोड्दै अंकतालिकाको दशौं स्थानमा उक्लिएको छ ।

भने पराजित हुन पुगेको युनाईटेड समान २१ खेलबाट ३१ अंक जोडदै अंकतालिकाको पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *