लिगमा बीबीसीको दोस्रो जित
काठमाडौं ( अनलाइन खेलखबर ) | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)ले दोस्रो जित हासिल गरेको छ ।
मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बीबीसीले लिगमा दोस्रो जित हासिल गर्ने क्रममा हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको हो ।
खेलमा बीबीबीले खेलको १७ औं मिनेटमानै अग्रता बनाएको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउँने क्रममा विजय गुरुङले गोल गरेका थिए ।
पहिलो हाफ १-० ले सकिएको खेलमा दोस्रो हाफमा भने कुनै टिमबाट गोल हुन नसक्दा खेल बीबीसी १-० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यो जितसँगै बीबीसी ४ खेलबाट ६ अंक जोडन सफल भएको छ । भने हिमालयन शेर्पाको समान ४ खेलबाट २ अंक रहेको छ ।
अब लिगमा भोलि (बुधबार) दुई खेल हुनेछ । सातदोबाटोमा एन्फा कम्प्लेक्समा नै हुने खेलमा दिनको पहिलो खेलमा संकटाले नेपाल पुलिसको सामना गर्नेछ । यो खेल बिहान साढे ११ बजेपछि सुरु हुनेछ
भने दिनको दोस्रो खेलमा थ्री स्टारले त्रिभुवन आर्मीसँग प्रतिष्पर्दा गर्नेछ ।