मछिन्द्रको लिगमा तेस्रो जित
काठमाडौं(अनलाइन खेलखबर ) । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित हासिल गर्ने क्रममा सोमबार न्युरोड टिम एनआरटीलाई १-० ले पराजित गर्न सफल भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रलाई जित दिलाउनका लागि एडिलाजा सोमिडेले निर्णायक गोल गरेका थिए ।
गोल रहित बराबरीमा सकिन लागेको खेलमा मछिन्द्रले खेलको ९० औं मिनेटमा गोल गर्न सफल भयो एडिलाजाले हेडमार्फत गरेको त्यो गोल अन्तत निर्णायक गोल हुन पुग्दा मछिन्द्रलाई त्यो गोलले ३ अंक दिन सफल भयो ।
यो जितसँगै मछिन्द्र ४ खेलबाट ९ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ । भने समान ४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ ।