onlinekhelkhabar.com

Complete website for Nepali Sports News

रोनाल्डो लाई पोर्चुगल लाई बिश्व बिजेता बनाउने अन्तिम मौका

एजेन्सी , अनलाईन खेलखबर || यहि आउदो जुन १४ देखि रसिया मा हुन लागेको फुटबल को महामेला फिफा बिश्वकप हुदैछ । यसै मा अहिले विभिन्न देश ले आफुलाई यसपाली को दाबेदार प्रस्तुत गर्दै गर्दा छुटाउनै नहुने टोलि का रुपमा पोर्चुगल पनि एक हो । विशेष गरि पोर्चुगल का खास बिश्व चर्चित हस्ती क्रिष्टियानो रोनाल्डो ले कप्तानी मा रहेको पोर्चुगल आफै मा एक दाबेदार टिमको रुपमा हेरिएको छ ।

सन १९२९ बाट अन्तर्राष्ट्रिय खेल खेलेको पोर्चुगल ले सन १९६६ को बिश्वकप मा तेस्रो स्थान हासिल गर्न बाहेक अहिले सम्म ठूलो उपलब्धि हासिल भने गर्न सकेको छैन

तर फुटबल को उर्बर क्षेत्र युरोप जसमा सन २०१६ को युरो च्याम्पियन पोर्चुगल भएको थियो । जसमा कप्तान क्रिष्टियानो रोनाल्डो को ठूलो योगदान रहेको थियो जुन लय अहिले पनि उनको यथावत नै रहेको छ ।

दुई वर्षअघि युरोकपको उपाधि जिताएका तिनै रोनाल्डोसामू अहिले अन्तिम मौका आएको छ छ- पोर्चुगललाई विश्व च्याम्पियन बनाउने यकिन ले त भन्न सकिँदैन यो उनका लागि अन्तिम नै हुनेछ तथापि सम्भावना बाकी रहेनेछ । तर अहिले एकदमै राम्रो लयमा पोर्चुगल टिम पनि छ ।

फिफा विश्व बरियतामा चौथो स्थानमा रहेको पोर्चुगलले दुई वर्षअघि फ्रान्सलाई १-० को अन्तर ले हराएर पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको उपाधि जितेको पोर्चुगलले विश्वकपको उपाधि उचालेमा नयाँ इतिहास रच्नेछ। जुन फुटबल का महान खेलाडी का रुपमा आफुलाई प्रमाणित गरि सकेका क्रिष्टियानो रोनाल्डो का लागि पनि एउटा सुखद अन्त्य हुनेछ ।

विश्वकप इतिहासमा पोर्चुगल अहिलेसम्म ६ पटक सहभागी भएको छ । त्यसमा ऊ दुई पटक सेमिफाइनलसम्म पुग्न सफल भएको छ ।
उसको विश्वकपमा सबै भन्दा ठूलो उपब्धी भनेको सन् १९६६ मा पाएको तेस्रो स्थान हो। उसको विश्वकपमा पहिलो सहभागिता नै सन् १९६६ हो र त्यही बेला नै ऊ तेस्रो भयो । सन २०१४ मा ब्राजिल मा भएको बिश्वकप मा भने पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो । र पोर्चुगल ले निकै आलोचना समेत खेप्नु परेको थियो क्रिष्टियानो रोनाल्डो को टिम समूह चरण बाटै बाहिरिनु अस्वाभाविक मानिएको थियो ।।

बिश्वकप को ईतिहास हेर्ने हो भने पोर्चुगल को उत्कृष्ट प्रंदशन संतोषजनक भने छैन । ६ पटक बिश्वकप खेली सकेको पोर्चुगल फाईनल सम्म पुग्न सकेको छैन , ठूलो उपलब्धि तेस्रो स्थान नै हो । ३ पटक त रोनाल्डोले बिश्वकप खेली सकेका छ्न उनको सन् २००६ मा सेमिफाइनलमा पुग्नुनै टोलीका लागि उनले गरेको सबैभन्दा ठूलो योगदान हो ।

क्लब फुटबल मा आफुलाई प्रमाणित गरिसकेका रोनाल्डो लाई रसिया बिश्वकप निकै नै महत्त्वपूर्ण रहेको छ , उनलाई ब्यक्तिगत रुपमा पनि अब सायदै अर्को बिश्वकप मा उनी देखिनेछ्न अहिले नै ठ्याक्कै भन्न सकिँदैन फुटबल मा ४/४ बर्ष धेरै लामो हुने गर्छ । अहिले जस्तो लय उनि मा नहुन नि सक्छ जुन फुटबल मा सबैमा लागू हुने गर्छ ।

समूह ” बी “मा रहेको पोर्चुगलकै समूहमा विश्वकपको दाबेदार मध्ये एक मानिएको स्पेन पनि छ। यस्तै मोरक्को र इरान पनि सोही समूहमा रहेका छन् । समुह ससक्त छ जुन चुनौती पुर्ण पनि देखिन्छ ।

समूह चरणको पहिलो खेल नै निकै भव्य हुनेवाला छ । जुन १५ मा युरोपियन च्याम्पियन पोर्चुगल र अर्को उपाधी को दाबेदार स्पेनबिच प्रतिस्पर्धा हुनेछ।

रसिया बिश्वकप : टिम पोर्चुगल

गोलरक्षक : एन्थोनी लोपेज, बेटो, रुइ पाट्रिसिओ
डिफेन्डर : ब्रुनो एल्वेस, सेड्रिक सोएरिस, जोसे फोन्टे, मारिओ रुइ, पेपे, राफायल गुएरिरो, रिकार्डो परेरा, रुबेन डिएस
मिडफिल्डर : एड्रियन सिल्भा, ब्रुनो फर्नान्डेस, जोएओ मारिओ, जोएओ माउटिन्हो, म्यानुएल फर्नान्डेस, विलियम कारवाल्हो
फरवार्डस् : आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिष्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोन्कालो गुएडेस, रिकार्डो क्वारेस्मा

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *