सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय फुटबलको उपाधि एपीएफलाई
काठमाडौं ( अनलाइन खेलखबर )| सातौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि सशत्र प्रहरीको एपीएफ क्लबले उचालेको छ ।
बुधबार भद्रकालीस्थित आर्मी हेडक्वाटरमा रहेको खेल मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफ प्रतियोगिताको च्याम्पियन बनेको हो ।
एपीएफलाई च्याम्पियन बनाउँन सरु लिम्बु र रेखा पौडेलले १-१ गोल गरेका थिए ।
खेलमा एपीएफले सुरुवाती अग्रता खेलको पाँचौ मिनेटमा लिएको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउँने क्रममा सरु लिम्बुले गोल गरेकी थिईन ।
त्यसपछि एपीएफले दोस्रो गोल खेलको ८९ औं मिनेटमा गरेको थियो ।दोस्रो गोल रेखाले गरेकी थिईन र टिमले समग्रमा आर्मीलाई २-० ले पराजित गर्दै उपाधि उचाल्न सफल भयो ।
उपाधिसँगै एपीएफले नगद ३ लाख प्राप्त गर्दा उपविजेता बनेको आर्मीले १ लाख ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।
यता सेमिफाइनलमा पुगेका नेपाल पुलिस क्लब र भुटान फुटबल टिमले समान ५०/५० हजार प्राप्त गरेका थिए ।
यस प्रतियोगितामा नेपालका ३ विभागीय क्लबसहित ३ प्रदेश र २ विदेशी टोली गरी कुल ८ टोलीले सहभागिता जनाएका थिए ।