नेपाली कप्तान बिराज देखि बलियुड र हलियुड सम्म ब्राजिल का सुपर फ्यान
काठमाडौ ,अनलाईन खेलखबर । आगामी जुन १४ देखि रसिया मा हुन लागेको फुटबल को महामेला विश्वकप फुटवल आउन अब केही दिन मात्र बाकि रहेको छ । यसै बिच मा अहिले बिश्व फुटबलमय बनेको छ । सवैले आफ्नो मनपर्ने टिमले जितोस भन्ने कामना गरिरहेका छन् । आफ्नो टिमको समर्थनमा ठुला ठुला बाजी समेत पर्ने गरेको छ ।
सोहि सन्दर्भ मा ब्राजिल को फुटबल मन पराउने स्वदेशी तथा बिदेशी चर्चित अनुहार को बारेमा चर्चा गर्न लागेका छौ । ब्राजिल भन्ने बित्तिकै एउटा आउँछ कुरा आउँछ जुन हो बिश्वकप को ५ पटक बिजेता टोलि हाल सम्म का सबै बिश्वकप मा सहभागिता जनाउने हालको एकमात्र टिम यसअर्थमा ठूलो ईतिहास बोकेको ब्राजिल लाई फुटबल को बादशाह भनेर पनि चिनिन्छ ।
ब्राजिल का समर्थक ब्राजिल मात्र सिमित छैनन बिश्वभर मै ठूलो सङ्ख्या मा समर्थक को साथ छ ब्राजिल फुटबल टिम लाई जसमा केही चर्चित नाम हरु पनि जोडिन्छ्न । गायक, हिरो, देखि राजैतिक व्याक्तिहरु समेत रहेका छन् ।
पिटबुल : यहाँ हरुलाई स्मरणीय पक्कै होला अन २०१४ बिश्वकप जुन ब्राजिल मा भएको थियो जसको आधिकारिक गित पिटबुल ले मिलेर गाएका थिए । अमेरिका का चर्चित यापर गायक पिटबुल पनि ब्राजिलका फ्यान हुन । उनका कहियै गित हरु चर्चित छ्न ।
लेडी गागा
चर्चित अमेरिकन गायिका लेडी गागा पनि विश्वकपमा ब्राजिल को समर्थनमा रहेकी छन् । धेरै नै चर्चित गितहरु मा स्वर दिएकि गागा ले यति सम्म कि उनी आफु बस्ने होटलको रुममा समेत ब्राजिलका पोष्टर किटहरु राखेकी छन् ।
गिसील बडचेन :
ब्राजिलियन गायिका तथा चर्चित मोडल गिसील बड्चेन यतिवेला ब्राजिलको समर्थनमा रसिया जाने तयारीमा रहेकी छन् । उनले यस पटक ब्राजिलले विश्वकप जित्ने दावी समेत गरेकी छन् । सायौ गितमा स्वर तथा मोडलीङ गरेकी बड्चेन संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रमो सद्भावना दूत समेत रहेकी छन् ।
अमिताभ बच्चन
बलियुड का महा नायक अमिताभ बच्चन समेत ब्राजिल को फुटबल मन पराउँछ्न । उनले केही दिन अघि उनले सार्वजनिक कार्यक्रममै फुटवलको इतिहास भनेको ब्राजिल रहेको समेत केही साता अगाडी बताएका थिए । उनले ब्राजिलले विश्वकपले जित्ने दावी समेत गरेका छन् ।
नियाल फलन
विश्वकै चर्चित वान डाईरेक्सन बान्ड का एक सदस्य गायक नियाल फलन पनि ब्राजिल को फुटबल मन पराउँछ्न । उनले केही दिन अगाडी ट्वीट गर्दै नेयमार र ब्राजिललाई गुडलक समेत भनेका छन् । उनले् रसियामा हुने विश्वकपको उद्घाटन समारोहमा आफ्नो प्रस्तुती समेत दिदैं छ । उनले टुइट मा भनेका छ्न ग ‘लेट्स गो ब्राजिल, गुडलक नयमार’ भनेका छन् ।
बिराज महर्जन :
बिश्वकप मा नेपाल सहभागिता नजाए पनि नेपाली फुटबलर लाई भन्ने सदाको झै बिश्वकप यसपालि पनि लागेको छ । नलागोस पनि कसरी स्वाभाविक रुपमा सबै लाई लाग्छ अझ खेलाडी त विशेष नै हुन्छ ।
नेपाली फुटबलर ले विभिन्न ले विभिन्न लाई समर्थक गरि रहदा भने नेपालि फुटबल टोलि का कप्तान बिराज महर्जन भने ब्राजिल लाई समर्थक गरेका छ्न । उनि भन्छ्न मलाई सबैभन्दा मन पर्ने टिम हो ब्राजिल र यसपाली ब्राजिल को सम्भावना पनि राम्रो छ ।