घनगढि प्रिमियर लिग को निर्देशकमा विनोद दास नियुक्त
मङ्सिर ५ , अनलाईन खेलखबर || नेपाली घरेलु क्रीकेट प्रतियोगिता को चर्चित रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण का लागि अन्डर नाईन्टिन राष्ट्रिय टोलीका प्रशिक्षक समेत रहेका विनोद दास लाई प्रतियोगिता निर्देशक का रुपमा नियुक्त गरिएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार एक विज्ञप्ति जारी गर्दै बिनोद दास लाई प्रतियोगिता निर्देशकका रुपमा नियुक्त गरेको जानकारी गराएको थियो ।
यहि आउदो माघ १९ गते देखि फाल्गुन ४ गतेसम्म हुने प्रतियोगिता लाई मुख्य प्रायोजक को रुपमा विजय डिस्टिलरीले ले नवीकरण गरेको छ । यसपटक उसले मुख्य प्रायोजक गरेबापत १ करोड १० लाख बराबर को नगद उपलब्ध गराउने छ । यसअघि का संस्करण मा पनि विजय डिस्टिलरी को रुस्लान ले नै प्रायोजन गर्दै आएको छ । प्रायोजक गरेवाफत
जुन सार्बजनिक गरिएको मा हाल सम्म कै सबैभन्दा ठूलो राशी हो ।
आयोजक का अनुसार यसअघि का सस्करण मा खेलाउदै आएको धनगढीको संघीय इकाई प्रहरी कार्यलयको मैदानलाई बैकल्पिक खेल मैदान को रुपमा राख्दै पहिलो पटक ड्रिम फाप्ला मैदानमा खेल खेलाइने भएको छ ।
कुल ५ करोड जति को अनुमानित लागत लाग्ने गरि यसपटक प्रतियोगिता को तयारी अहिले देखि नै गरिदै छ । क्रमश प्रतियोगिता को स्तर बढाउने लक्ष्य सहित आयोजक लागिपरेको देखिन्छ । पहिलो , दोस्रो हुँदै तेस्रो सस्करण सम्म आईपुग्दा आयोजक अझ भब्य बनाउने सोच मा रहेको सहझै बुझ्न सकिन्छ ।
प्रतियोगितामा मुलुक का ६ शहर बाट ६ टोलीलाई नै निरन्तरता दिइनेछ । प्रतियोगितामा टिम चौराहा धनगढी, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेञ्जर्स, काठमाडौं गोल्डेन्स ,विराटनगर किङ्स र सिवाईसि अत्तरिया लाई नै निरन्तरता दिइएको छ ।
यसअघि का दुई संस्करण नेपाली र्राष्ट्रिय क्रीकेट टोलि का कप्तान समेत रहेका पारस खड्का ले नेतृत्व गरेको टिम चौराहा घनगढि ले उपाधी उचालेको थियो ।