onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

`बि एम ड्ब्लु कप´ : रोयल राइनोज , ब्रीलिएन्ट , हिमालयन र सगरमाथा विजयी

काठमाडौं ( अनलाइन खेलखबर ) | अष्ट्रेलियाको मेलबर्नमा जारी `बि एम ड्ब्लु कप´ टि- ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो आईतबार ब्रीलिएन्ट क्रिकेट क्लब ,रोयल राइनोज क्रिकेट क्लब , द हिमालयन क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब विजयी भएका छन ।

जसमा ब्रीलिएन्ट क्रिकेट क्लबले गोर्खाली क्रिकेट क्लबलाई २९ रनले पराजित गरेको थियो ।

यस्तै दिनको अर्को खेलमा रोयल राइनोज क्रिकेट क्लबले हिम अष्टेलियालाई ७ विकेटले पराजित गर्दा नारे किङ क्रिकेट क्लबमाथि द हिमालयन क्रिकेट क्लब ५ विकेटले विजयी भएको छ ।

भने एक्सपर्ट क्रिकेट क्लबलाई सगरमाथा क्रिकेट क्लबले बिशाल अन्तरले पराजित गर्ने क्रममा १ सय २९ रनले पराजित गर्न सफल भयो ।

रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमड्ब्लु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा जारी प्रतियोगीता नेपाली समुदायको कुल ८ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्