onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्युठानमा प्रथम मदन भण्डारी मेमोरियल कप क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं ( अनलाइन खेलखबर ) | मदन भण्डारी स्पोर्ट्स एकेडेमी नौ बहिनी गाउँपालिकाको आयोजनामा प्रथम मदन भण्डारी मेमोरियल कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्युठानस्थित लालिगुरास क्रिकेट मैदानमा हुने प्रतियोगिता आउँदो कार्तिक १९ गतेबाट हुने आयोजकले जानकारी गराएको छ ।

जसका लागि अहिले टिम दर्ताका लागि आयोजकले आव्हान समेत गरेको छ । स्थानियस्तरमा लुकेर बसेका प्रतिभालाई आफ्नो प्रतिभालाई देखाउने राम्रो माध्यम बन्ने सक्ने उदेश्यका साथ गर्न लागिएको यस प्रतियोगिताको विजेताले नगद २० हजार सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।

भने उप – विजेताले नगद १० हजार सहित टर्फि र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी , उत्कृष्ट ब्याट्सम्यान र बलरले समान जनही पाँच सय प्राप्त गर्नेछ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *