onlinekhelkhabar.com

Complete website for Nepali Sports News

स्वर्गीय प्रमोद बज्राचार्य को सम्झनामा नेपाली क्रीकेट समर्थक समाज द्रारा शोक सभा सप्पन्न

जेठ २ , अनलाईन खेलखबर || तेर्हौ दिनको पुण्यतिथि पारेर नेपाली क्रीकेट समर्थक हरुको आधिकारिक संस्था नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) सस्थापंक सदस्य तथा कोषाध्यक्ष स्वर्गीय प्रमोद बज्राचार्य को सम्झना मा एनसिएसएस ले काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान परिषद् मा शोक सभा सप्पन्न गरेको छ ।

केहि दिन अघि घरमै एक्कासी बेहाेस भएर अस्पतालमा लगिएकाे बज्राचार्यकाे मृत्यु ब्रेन ह्यामरेजका कारण काठमाण्डाैस्थित अन्नपुर्ण न्युराे अस्पतालमा उपचार कै क्रम कलिलो उमेर मै निधन भएको थियो ।

आज भएको शोक सभामा नेपाली क्रिकेट समर्थक समाज का अध्यक्ष भानु सिग्देल ले बोल्दै ” बज्राचार्य को निधन ले आफू हरु लाई निकै दुखित वनाएको र सस्था र सिग्गो नेपाली क्रीकेट ले एक होनाहार ब्याक्तित्व गुमाएको धारणा राख्नु भएको थियो , यस्तै उहाँ का सपना को लय तर्फ सदैभ एनसिएसएस लागि पर्ने बताए , यस्तै उनको नाममा यसै बर्ष देखि नै बार्षिक रुपमा २५ हजार राशी सहित स्व. प्रमोद बज्राचार्य र्राष्ट्रिय सेवा सम्मान द्रारा नेपाली क्रीकेट मा योगदान पुर्याउने ब्याक्तित्व लाई यस सम्मान बाट सम्मानित गरिने अध्यक्ष सिग्देल ले घोषणा समेत गरेका थिए ।

यस्तै यस बर्ष को सो सम्मान र्राष्ट्रिय खेलाडी करन केसि लाई गरिने समेत उनले जानकारि गराए , यस्तै उनले अर्को स्व. बज्राचार्य को सम्झना मा स्व. प्रमोद बज्राचार्य मेमोरियल क्रीकेट प्रतियोगिता समेत निकट भबिस्य मा गर्ने तयारी भएको पनि उक्त सभा मा जानकारि गराउनु भएको थियो । यस्तै सस्थाँ का विभिन्न सदस्य हरु ले पनि स्व. बज्राचार्य लाई सम्झिदै उहाँ को सपना पुरा गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

शोक सभा मा क्रीकेट समर्थन समाज का सदस्य हरु , परिवार जन आफन्त हरु र क्रीकेट प्रेमी सुभेक्षक हरुको सहभागिता रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *