कलेज क्रीकेट च्याम्पियनसिपको उपाधि ब्लुवर्डलाई

कलेज क्रीकेट च्याम्पियनसिपको उपाधि ब्लुवर्डलाई

भदौ २९ , अनलाइन खेलखबर || टेक्सास ईन्टर ईन्डोर कलेज क्रीकेट च्याम्पियनसिपको उपाधि ब्लुवर्ड ईन्टरनेशनल कलेजले उचालेको छ ।

आज आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा ग्ल्यासियर ईन्टरनेशनल कलेजलाई ४२ रनले पराजित गर्दै ब्लुवर्ड च्याम्पियन बनेको हो ।

खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको ब्लुवर्डले निर्धारित १० ओभर पुरै खेल्दै ४ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।

जसमा सचिन लेखकले ४५ तथा विबेक रानाले २९ रनको योगदान गरेका थिए ।

बलिङतर्फ ग्ल्यासियरका कैलाश भट्टराई र दिपेन्द्र बोहराले समान १/१ विकेट लिएका थिए ।

त्यसपछि ब्लुबर्डले प्रस्तुत गरेको १ सय १८ रनको विजयी चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको ग्ल्यासियर ७५ रनमा सिमित हुनपुगेपछी नतिजा ब्लुवर्डले आफ्नो पक्षमा पार्दै उपाधि आत्मसात गर्यो ।

ग्ल्यासियरका लागि दिपेन्द्र बोहराले सर्बाधिक ४१ रन र बिपिन आचार्यले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम निराश हुन पुग्यो ।

बलिङतर्फ ब्लुवर्डका विबेक राना र विश्व कार्कीले समान १/१ विकेट हात पारे ।

यो सँगै च्याम्पियन ब्लुवर्डले नगद ५१ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप – विजेता बनेको ग्ल्यासियरलेन २५ हजार नगद सहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

यता प्रतियोगिताको फाइनल खेलको प्लेयर अफ म्याच ब्लुवर्डका विबेक राना चयन भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि विबेक नै घोषित भए । भने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ओजंवी कलेजका अभियान बस्नेत घोषित हुँदा उत्कृष्ट बलर पनि ओजंवी कलेजकै आशरय बस्नेत चयन हुन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *