onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भोलिबाट टेक्सास ईन्डोर कलेज क्रीकेट च्याम्पियनसिप सुरु हुने

भदौ २४ , अनलाइन खेलखबर || भदौ २५ गतेदेखि असोज २ गतेसम्म काठमाडौ गोल्फुटार स्थित रोयल केसिटिसिमा टेक्सास ईन्डोर कलेज क्रीकेट च्याम्पियनसिप हुने भएको छ ।

राजी ईभेन्ट कम्पनीको ब्यबस्थापनमा हुने प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहने छ ।

जसलाई ६ समूहमा टिम बिभाजन गरि प्रतियोगिता सन्चालन गरिने छ ।

यता प्रतियोगिताको विजेताले ५१ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउँदा उप – विजेतालेन नगद २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्