onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रदेश नम्बर ७ मनमोहन मेमोरियल अन्तरप्रदेशिय यु – १६ प्रतियोगिता को बन्यो पहिलो च्याम्पियन

बैशाख १९ , अनलाईन खेलखबर । काठमाडौ मा पहिलो पटक आयोजना भएको मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर ७ ले उचालेको छ ।

आज बुधबार भएको फाइनलमा प्रदेश २ लाई २४ रनले पराजित गर्दै प्रदेश नम्बर ७ पहिलो संस्करण को च्याम्पियन बनेको हो ।

बैशाख १३ गतेदेखी सुरु भएको प्रतियोगिता को आज फाईनल टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ७ ले निर्धारित पुरै ३० ओवर खेल्दै ७ विकेट को क्षति मा २ सय ८ रन बनाउन सफल भएको थियो । जस मा राहुल भन्डारी ले सर्बाधिक ३८ रनको योगदान गरेका थिए भने रोहन साउद ले ३७ रन बनाउदाँ कप्तान नारायण जोशी ले १९ रन , हृदय विथारी ले ३३ रन , गजेन्द्र सिंह बोहरा ले १६ रन , सुवास एर ले १४ रन बनाए भने नरेन्द्र साउद २० रन मा अबिजित रहेका थिए ।

बलिगँ तर्फ प्रदेश नम्बर २ का लागि विबेक यादब ले २ विकेट हात पार्न सफल भएका थिए ।

२ सय ९ रनको बिजयि लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित पुरै ओवर मा ९ विकेट गुमाएर १ सय ८४ रन मात्र बनायो र नतिजा प्रदेश ७ समक्ष गयो । जवाफि ब्याटिङ गरेको प्रदेश २ ले सुरुवात भने उत्कृष्ट लय मा गरेको भए पनि मध्यक्रमका ब्याट्सम्यान हरु कमजोर प्रंदशन गरेपछि लक्ष्य पूरा गर्न असफल भयो ।

सुरुवात प्रदेश २ पहिलो बिकेट्का लागि ४१ रनको साझेदारी गर्दै ओपनर्दय साहिल र ईमराम शेख ले राम्रो सुरुवात दिएका थिए । यसपछि ओपनर साहिल २५ रनमा आउट भएपछि आएका इमरान शेखले १२ रनमात्र बनाउदाँ पबेलियन फर्किन बाध्य भए यसपछि पनि प्रदेश २ ले खेल आफ्नै पक्ष मा पार्दै अघि बढिरहेको अबस्थामा तेस्रो विकेटका लागि अमित र तृतराज दाशले ७३ रनको अर्धशतकीय साझेदारी गरेका थिए । तर यसपछि खेलको ट्रनिग पोईन्ट बन्न पुगेको २ ओभरको फरकमा अमित ८० र दाश २७ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि प्रदेश २ को विकेट जाने क्रम रोकिएन यस पछि टिम का अन्य ब्याटसम्यान ले उल्लेख्य योगदान गर्न सकेनन र टिम जित नजिक पुग्दा पुग्दै पराजित हुन पुग्यो ।

टिमलाई च्याम्पियन बनाउन बलिङतर्फ प्रदेश ७ का मनोज लोथ्यालले एक्लै ले ५ विकेट लिन सफल भए भने नरेन्द्र साउदले ३ विकेट हात पारे ।

च्याम्पियन टिम प्रदेश ७ ले ५ लाख बराबरको नगद तथा क्रिकेट किट र उपविजेता प्रदेश २ ले २ लाख ५० हजार बराबरको नगद र क्रिकेट किट पुरस्कार प्राप्त गरेका छ्न ।

यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी प्रदेश नम्बर २ का विवेक यादव घोषित भए भने उत्कृष्ट बलर प्रदेश नम्बर ७ का नरेन्द्र साउद घोषित भए यस्तै प्रदेश नम्बर २ का अमित यादव उत्कृष्ट ब्याट्सम्यान हुँदा बेष्ट किपर ७ नम्वर प्रदेशकै राजन सिंह हुन पुगे । यस्तै ७ नम्बर प्रदेश का हृदय विथारी बेष्ट फिल्डर घोषित भए ।

फोटो सौजन्य : नेप्लेज

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *