डीएभीले उचाल्यो इन्डोर स्कुल तथा कलेज क्रिकेटको उपाधि

डीएभीले उचाल्यो इन्डोर स्कुल तथा कलेज क्रिकेटको उपाधि

भदौ १५ , अनलाइन खेलखबर || ललितपुरमा भएको तेश्रो सस्करणको सुशील केडिया मेमोरियल अन्तर विद्यालय तथा कलेज स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि डीएभी
स्कुलले उचालेको छ ।

आईतबार भएको फाइनलमा स्कुलतर्फ अक्षरालाई पराजित गर्दै डीएभी स्कुल च्याम्पियन बन्दा डीएभी सिनियरले कलेजतर्फ भने ब्लुबर्ड कलेजलाई रोमाञ्चक बनेको खेलमा २ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

स्कुलतर्फ सुरुमा ब्याटिङ गर्दै डिएभीले निर्धारित १० ओभर पुरै ब्याटिङ गर्दै १ सय ७ बनाएको थियो ।

त्यसपछि डीएभीले प्रस्तुत गरेको ठुलो विजयी लक्ष्य पछ्याउने जवाफी ब्याटिङ गरेको अक्षरा मात्र ५३ रनमा सिमित हुन पुगेपछी डिएभीले उपाधि उचाल्न प्रयाप्त भयो ।

जसमा फाइनल खेलको प्लेयर अफ द म्याच समेत चुनिएका डीएभीका सक्षम न्यौपानेले सर्वाधिक ३० रन बनाउँदै टिमलाई च्याम्पियन बनाउन ठूलो योगदान गरे ।

स्कुलतर्फको प्रतियोगिताको उत्कृष्ट खेलाडी नाइटेंगल कलेजका सुशान्त यादब घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान विश्वनिकेतनका सुनिल ठाकुर ,उत्कृष्ट बलर डीएभीका प्रसिद्ध बज्राचार्य र उत्कृष्ट विकेटकिपर डीएभीकै इनप महर्जन घोषित चुनिएका थिए ।

यस्तै कलेजतर्फको फाइनलमा डीएभी सिनियर स्कुलले रोमान्चक बनेको खेलमा ब्लुबर्ड कलेजलाई २ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

खेलमा डीएभीले प्रस्तुत गरेको ७० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको ब्लुबर्डले जित नजिक पुगेर पनि असफल हुन पुग्यो । ६७ रनमा टिम सिमित हुन पुगेको थियो ।
डीएभीलाई च्याम्पियन बनाउने क्रममा प्लेयर अफ द म्याच चुनिएका डीएभीका पियुश शाहले १५ रन र १ महत्वपूर्ण विकेट समेत लिएका थिए ।

यता कलेजतर्फको उत्कृष्ट खेलाडी डीएभीका नितिन अग्रवाल चुनिए भने उत्कृष्ट बलर डीएभीकै अंकित अग्रवाल र उत्कृष्ट ब्याट्सम्यान ब्लुबर्डका दिपक डुम्रे घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *