महेन्द्रनगर द्रारा रुपन्देही ४  विकेट पराजित : लगातार ४ खेल मा पराजित शक्ति गौचन को टिम रुपन्देही  डिपिएल बाट बाहिरियो

महेन्द्रनगर द्रारा रुपन्देही ४ विकेट पराजित : लगातार ४ खेल मा पराजित शक्ति गौचन को टिम रुपन्देही डिपिएल बाट बाहिरियो

चैत्र २२ , अनलाईन खेलखबर || धनगढि मा जारी धनगढि प्रिमियर लिग ( डिपिएल ) को लिगं चरण को छठौँ दिनको दोस्रो खेल मा रुपन्देही च्यालेन्जर्स लार्इ महेन्द्रनगर युनाईटेड ले ४ विकेट ले पराजित गरेको छ ।

आज भएको खेलमा शक्ति गौचन को कप्तानी मा रहेको रुपन्देही च्यालेन्जर्स ले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बिनोद भन्डारी ले कप्तानी सम्हालेका महेन्द्रनगर युनाईटेड ले उक्त लक्ष्य १८. ५ ओवर मा ६ विकेट गुमाएर भेटायो ।

महेन्द्रनगर लाई जिताउन कप्तान बिनोद भन्डारी ले कप्तानी पारी खेले उनले आज को ईनिग मा सर्बाधिक धेरै ६१ रन ४८ बल मा बनाएका थिए । यस्तै पुनित बिस्ट ले पनि टिम लाई जिताउन ४५ रनको पारी खेल्दा टिम ले सहज जित निकाल्यो । जस मा पुनित मेहरा ले अबिजित १६ रन थपे भने आरिफ शेख ले ४ रन बनाउदा रोहित कुमार पौडेल ले अबिजित ७ रनको योगदान गरेका थिए ।

बलिग तर्फ रुपन्देही का लागि दिपेश श्रेष्ठ ले ३ विकेट लिए भने सुशन भारी ले २ विकेट लिदाँ सागर पुन ले १ विकेट लिन सफल भए

यस अगि एसएसपि क्रीकेट मैदान मा टस जिति पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्स ले निर्धारित पुरै २० ओवर खेल्दै ८ विकेट को नोक्सानी मा १ सय ४४ रनको योगफल तयार गरेको थियो ।
जसमा ओपनर प्रदिप एरि ले उत्कृष्ट पारी खेले उन ले ३२ बलको सामना गर्दै ३९ रन बनाएका थिए जसमा एक छ्क्का र ५ चौका समाबेश रहेको थियो , यस्तै अर्का ओपनर सोनु अन्सारी लाई भने टिम ले सस्तै मा गुमाएको थियो उनले १४ बलको सामना गर्दा मात्र २ रन मात्र जोडन सफल भए । यसपछि कुशाल मल्ल ले १५ रन , दिपक प्रसाद ले १७ रन बनाउदा सागर पुन ले मध्यक्रम मा केही टिम को स्कोर उकास्न महत्त्वपूर्ण पारी खेले उनले २१ बलको सामना गर्दै २८ रनको पारी खेले जसमा ३ छ्क्का र १ चौका प्रहार गरेका थिए । यस्तै सुफ्यान मेहमुद र अमर सिँह रौटेला ले समान ७/७ रन जोडदा सुशन भारी ले ९ रन जोडे यस्तै कप्तान शक्ति गौचन अबिजित ३ रन मा रहे ।

बलिङ तर्फ महेन्द्रनगर का लागि पुनित बिष्ट ले सर्बाधिक ४ विकेट लिए उनले ४ ओवर गर्दै मात्र १२ रन खर्चिएर ४ विकेट लिएका थिए । यस्तै भुवन कार्की , पुनित मेहरा , अबिनाश कर्ण र करन केसि को नाम मा समान १/१ विकेट हात पर्यो ।

यो हार सगै रुपन्देही च्यालेन्जर्स लगातार ४ खेल मा पराजित हुँदै लिगँ चरण बाट बाहिरिने पहिलो टिम बनेको छ । यसअगि खेलेका ३ खेलमा सिवाईसी अत्तेरिया सगँ ९ विकेट ले पराजित भएको थियो भने दोस्रो मा काठमाडौ सगँ ६३ रन ले पराजित भएको थियो भने तेस्रो खेल मा बिराटनगर सगँ ४२ रनले पराजित भएको थियो । अब रुपन्देही को मात्र १ खेल बाकी रहेको छ ।

यता महेन्द्रनगर ३ खेल मा २ जित निकाल्दै ४ अंक प्राप्त गरेको छ अब उसले बाकी २ खेल खेल्नेछ , जुन सुवाईसी अत्तेरिया र अन्तिम मा काठमाडौ सगँ खेल्नेछ ।

प्रतियोगिता मा भोलि अर्थात शुक्रबार मात्र १ खेल हुनेछ जस मा बिराटनगर र काठमाडौ भिडने छ्न ।
तस्बिर सौजन्य : विकेट नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *